काठमाडौं :
नेपालको पहिलो अन्तराष्ट्रीय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करण आजबाट प्रसारण सुरु हुँदैछ । आज साँझ ८:३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो । कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताएका छन् ।
निर्देशक पौडेल भन्छन्_‘यो सिजनले दर्शकलाई भरपुर मनोरंजन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजि गर्नेछ ।’ यस्तै जज मंध्येका एक न्य्हू बज्राचार्य विगतका सिजनमा भन्दा यो सिजनमा अझ बढी सक्षम सिङ्गरहरु अडिसनमा आएको बताउछन् ।
जे होस्, नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ । किनभने, नेपाल आइडलमा अघिल्ला सिजनमा सहभागी प्रतिस्पर्धीहरुले नै अहिले नेपाली संगीत जगदम राज गरिरहेका छन् । अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलले नै उत्पादन गरेको हो । उनीहरु नेपाली संगीतमा सक्रिय त छन् नै संगीत क्षेत्रको अग्रस्थानमा पनि छन् । नेपालमा अन्य गायन रियालिटी शो हरु भए पनि नेपाल आइडलले छुट्टै पहिचान बनाएको छ ।
‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एकत्र भएका छन् । त्यसैले पनि यो सिजनको चर्चा राम्रो भैरहेको छ । जजका रुपमा न्य्हू बज्राचार्यसंगै इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सन्चाल गर्नेछन् । कार्यक्रम हरेक शुक्रबार र शनिबार ८:३० देखि १० बजे सम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ । आइडलको यो सिजनलाई भिभोले टाइटल स्पोन्सर गरेको छ ।