पोखरा ।
नेपाल शिक्षक संघका देशैभरका जिल्ला अध्यक्षहरु कास्कीकोे पर्यटकीय गाउँ ल्याङमा भेला हुँदैछन् । नेपाल शिक्षक संघ संघीय कार्यसमिति र देशभरका ७७ जिल्लाका जिल्ला अध्यक्षहरुबीचको संयुक्त बैठक एवम् प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि माछापुच्छ«े गाउँपालिका वडा ८, ल्वाङमा हुन लागेको हो ।
३ दिनसम्म संचालन हुने उक्त कार्यक्रम शिक्षक संघको इतिहासमै ऐतिहासिक हुने आयोजकको दाबी छ । जसको व्यवस्थापन नेपाल शिक्षण संघ कास्कीले गरेको जिल्ला अध्यक्ष राजु क्षेत्रीले बताए ।
होमस्टे सुविधासहित पर्यटकीय गाउँ ल्वाङमा हुने उक्त कार्यक्रममा शिक्षक संघको केन्द्रीय कार्यसमिति र ७७ जिल्लाकै अध्यक्षहरुबीच संयुक्त बैठक एवम् प्रशिक्षणमा शिक्षक संघको विधान संशोधनदेखि लिएर तालिम र प्रशिक्षणका लागि एकीकृतरुपमा पाठयक्रम निर्माण एवम् शिक्षा ऐनबारे घनीभूत छलफल गरिनेछ ।
कार्यक्रमको दोस्रो दिन पुस २८ गते नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेल उद्घाटन गर्नेछन् ।