Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर्न आग्रह
- राष्ट्र बैंकले कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन गर्दै
- नेप्से परिसूचक २३ अङ्कले वृद्धि
- पार्टीको चुनाव समीक्षा बैठकको क्रममा ढलेका पोखराका पूर्वमेयर कृष्ण थापाको निधन
- अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
- किम र छोरीबाट नयाँ पेस्तोल परीक्षण
- खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो
- बिमाका बिरामीलाई बाहिर औषधि खरिद नगराउन अस्पताललाई निर्देशन
- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
- आज विश्व मिर्गौला दिवस: मृगौलको हेरचाह कसरी गर्ने?
नेप्से परिसूचक २३ अङ्कले वृद्धि
काठमाडौँ,
यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।
आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ०२ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव २८, वित्त एक दशमलव ३०, जलविद्युत एक दशमलव १० र लगानी एक दशमलव १४ प्रतिशतले बढेको छ ।
त्यसैगरी जीवन बीमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव २७ र म्युचुअल फण्ड शून्य दशमलव ४८ प्रतिशतले बढेको छ ।
सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै भन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।
