काठमाडौं :
नेपथ्य ब्याण्डको कन्सर्टका लागि अमेरिकामा टिकट पाउनै सकस परिरहेको छ। नेपथ्यको कन्सर्टका लागि अग्रिम टिकट सबै बिक्री भइसकेको छन्।
चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको दर्शकको उपस्थिति देखिएको छ।
निर्धारित समयमै मञ्चमा बज्न थालेको नेपथ्यका लोक(रक भाकाहरू लगातार दुई घन्टासम्म हुटिङ चलिरहेको थियो। त्यहाँ गीतको तरङ्गसँगै विशाल हलभित्रको भीड उस्तै थियो।
ब्याण्डले आफ्ना हिट गीत ‘कोशीको पानी यो जिन्दगानी’, ‘शीरफूल शीरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’देखि पुराना गीत ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत गाएर दर्शकलाई मनोरञ्जन दिलायो।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। यो वर्ष ब्यान्डको सिंगो अमेरिका यात्राकै संयोजक विपीन थकालीले गरेका थिए।
नेपथ्यको अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि अब पाँचौं प्रस्तुतिका लागि नेपथ्य न्यूयोर्क प्रस्थान गर्नेछ।न्यूयोर्कपछि मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुत गरेपछि यस वर्षको शृंखलाबद्ध यात्राले विश्राम लिने बताइएको छ।
तस्विरहरु : दिपितराज, नेपालय