सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ

काठमाडौँ/

सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाडौँ आएका छन । उनीहरुले प्रहरी समायोजनको माग गर्दै संयुक्त रुपमा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ ।

IVF Big

प्रहरी समायोजनमा सङ्घीय सरकारले गरेको ढिलाइले आफूहरुलाई काम गर्न अप्ठेरो परेको भन्दै सातै प्रदेशका गृहमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिंहदरबारमा दिउँसो २ बजे भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै, दिउँसो साढे तीन बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रदेश सरकारले लामो समयसम्म पनि प्रदेश प्रहरी गठन हुन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रहरी समायोजन ऐन २०७६ साल माघ २८ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि केन्द्र सरकारले कार्यान्वयनमा आनाकानी गरिरहेको प्रदेश सरकारको गुनासो रहेको छ।

Leave A Reply

Your email address will not be published.