सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पुनःनिर्माणका लागि रुकुम पश्चिममा तीन हजार माओवादी स्वयंसेवक परिचालन

काठमाडौँ/

माओवादी केन्द्र रुकुम (पश्चिम) ले भूकम्प प्रभावित क्षेत्र आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पुनःनिर्माणका लागि उपमहासचिव एवम् प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा ३ हजार स्वयंसेवक परिचालन गरेको छ ।

IVF Big

स्वयंसेवकले पालमुनी रहेका जनतालाई मंसिर महिनाभित्र छाना मुनी ल्याउने मूल लक्ष्यका साथ स्वयम्सेवक परिचालन गरेको प्रभाकरको सचिवालयले जनाएको छ । उक्त स्वय सेवकले अस्थायी टहरा निर्माण गरी पीडित जनतालाई हस्तान्तरण गर्नेछ ।

कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दू भएर गएको विनासकारी भूकम्पबाट रुकुम (पश्चिम) मा ५२ जनाको ज्यान गएको थियो भने ९० प्रतिशत भौतिक संरचना ध्वस्त भएको थियो । भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार, राहत र पुनःर्निमाणका लागि प्रभाकर रुकुम (पश्चिम) मा सक्रिय छन् ।

Leave A Reply

Your email address will not be published.