पोखरा /
कम्प्युटर विज्ञान एवम सूचना प्रबिधि विद्यार्थीहरुको छाता संगठन सिएसआइटिएन पोखराले पोखरा आइटि करियर कनेक्टु कार्यक्रम गर्ने भएको छ ।
पोखरा महानगर अन्तर्गतको व्यवसाय प्रबर्द्धन केन्द्रको मुख्य प्रायोजनमा आयोजना हुने उक्त कार्यक्रममा आइटि देउरालीको सह प्रायोजन रहनेछ । उक्त कार्यक्रमले आइटि पढेका बिद्यार्थी र आइटि कम्पनीबीच सम्बन्ध स्थापना गर्ने लक्ष्य राखेको छ ।
सिएसआइटिएन पोखराका सचिब संगम गिरिका अनुसार कार्यक्रम यहि असोज २६ गते शुक्रबार पोखरा सभागृहमा हुनेछ,बिभिन्न आइटि र सुचना प्रबिधि बिषयका बिद्यार्थीलाई रोजगार र आइटि कम्पनीलाई दक्ष्य जनशक्ति प्रदान गर्न दोहोरो संवाद र विचार आदानप्रदानको विकल्प नरहेको उनि बताउछन ।
यस कार्यक्रममा सहभागी हुन् बिद्यार्थी र कम्पनीलाई कुनैपनि शुल्क नलाग्ने आयोजकले बताएको छ । कार्यक्रममा विभिन्न कम्पनीका स्टल , बिद्यार्थीका प्रोजेक्ट, आइडिया पिचिंग र मनोरञ्जनात्माक कार्यहरु रहनेछन् ।
साथै उत्कृष्ट आइडिया पिचिंग र बिभिन्न लक्की ड्र मार्फत बिद्यार्थीले आकर्षक पुरस्कार जित्ने अवसर पनि पाउनेछन् ।