सुचना, समाचार र मनोरन्जन
Sarangi

अपाङ्गता भएका व्यक्तिले हवाइ भाडामा ५० प्रतिशत छुट पाउने

काठमाडौँ/

नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरूको लागि विशेष व्यवस्था गरेको छ । निगमको हरेक आन्तरिक उडानमा फर्स्ट कम फर्स्ट सर्भिस बेसिसको आधारमा दुई जना अपाङ्ग यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

उक्त सुविधाको लागि सम्बन्धित यात्रुले आफ्नो सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.