सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नेपाल वेयरहाउजिङको आईपीओ बाँडफाँट

काठमाडौं /

नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट गरिएको छ।

IVF Big

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरिएको थियो । पौने १३ लाख परेका आवेदनमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका थिए।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रिया मार्फत आईपीओ बाँडफाँट गरिएको छ।

Leave A Reply

Your email address will not be published.