सुचना, समाचार र मनोरन्जन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश

काठमाडौं /

एनसेल खरिद बिक्रीमा देखिएको शंकास्पद कार्यको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखापरिक्षक टंकमणि शर्माको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, चार्टड एकाउन्टेन्ट संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।

नवगठित समितिलाई एनसेल खरिद बिक्री प्रकरणको छाबिन गरी ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सरकारले कार्यादेश दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.