पोखरा /
नेपाल हाउस कास्कीले जाडोको उपहार स्वरुप २० जना अभिभावलकलाई न्यानो ब्लाङ्केट वितरण गरेको छ ।
नेपाल हाउस सोसाइटी क्यानडाका संयोजक धर्मेन सिंहले नेपाल हाउस कास्कीको १५ औँ स्थापना दिवसको छेको पारेर उक्त ब्लाङ्केट अभिभावकलाई दिएको जानकारी दिएका छन् ।
श्रमिक र मजदुरका २० जना सन्तानलाई नेपाल हाउसले पढाई, खाजा, पोशाक र शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराउँदै आएको छ । यसका लागि नर्वेजियन नागरिक अस्कल भलवर्गले सहायता गर्दै आएका छन् । अस्कलले भने म केवल नेपाली बालबालिकाको अनुहारमा खुशी छचल्किएको हेर्न चाहन्छु जसले मलाइ समाज सेवाको अनुभूति दिने छ । नेपाली श्रमिक अभिभावक जसले आफ्ना बच्चा स्कुल पठाउन सक्दैनन् तिनीहरूका लागि शिक्षामा सघाउनु मेरो कर्तव्य हो ।
गत वर्ष पनि अस्कलको सहयोगी हातको साथ पाएर न्यानो कपडा वितरण गरेको जानकारी नेपाल हाउस कास्कीका कार्यक्रम संयोजक बसन्त सुवेदीले जानकारी दिए ।
बालबालिकाको मनोविज्ञान बुझेर बाल परामर्शका साथ प्ले थेरापी दिँदै बच्चाको व्यवहार परिवर्तन गर्नु हाउसको मूल उद्धेश्य रहेको छ । गत वर्ष पनि अस्कलको सहयोगी हातको साथ पाएर न्यानो कपडा वितरण गरेको जानकारी नेपाल हाउस कास्कीका कार्यक्रम संयोजक बसन्त सुवेदीले जानकारी दिए ।