सुचना, समाचार र मनोरन्जन

एमसीसी प्रसारण लाइनको ठेक्का रद्द

काठमाडौँ/

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत बन्ने प्रसारण लाइनको ठेक्का रद्द भएको छ । एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियोजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनको ठेक्का रद्द भएको जानकारी दिएको हो। सबै बोलपत्रहरू अनुमानित लागतको तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएको हो । अब प्रसारण लाइन परियोजनाको नयाँ ठेक्का खुलाउने छ ।

अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेको थियो । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।

प्रसारण लाइन निर्माणका लागि तीन वटा चरणमा विभाजन गरेर गएको जेठ ८ गते ठेक्का आह्वान भएको थियो । एमसीसी परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामो प्रसारण लाइन बनाइने छ ।

Leave A Reply

Your email address will not be published.