सुचना, समाचार र मनोरन्जन
Sarangi

यसरी मनायाे ललितपुर महानगरपालिकाले स्थापना दिवस

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि सहभागी थिए।

काठमाडौं /

ललितपुर महानगरले १०५औं स्थापना दिवस मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गरेका थिए।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलगायत विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु पनि सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले प्राप्त उपलब्धीलाई जनतामाझ पुर्याउन नसके देश दुर्गतीतिर फर्किने खतरा बढ्ने बताए। नेपालमा नेगेटिभ कुरा गर्न प्रवृत्ति बढेको भन्दै प्रधानमन्त्री दाहालले अब राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्राबाट जनतामा आशा जगाउन र भरोसा दिलाउन सक्नुपर्ने बताए।

‘नेगेटिभ कुरा बढि गर्ने बानी बस्न थाल्यो नेपालमा। सकारात्मक नदेख्ने, सकारात्मक र उज्यालोतिर नहेर्ने, खाली अध्यारो र नकरात्मक। यस्तो भयो भने हामीले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्रा,जनतामा आशा जगाउने, जनतालाई भरोसा दिने काम गर्न सक्दैनौं । के संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीय सरकारले प्रत्यक्ष जनतासँग सहकार्य गरेर विकास निर्माण र सेवा प्रदानमा पहिलाको भन्दा राम्रो गरेको छैन र रु’ प्रश्न गर्दै उनले भने, ‘पक्कै गरेको छ। किन त्यो कुरालाई हामी सकारात्मक ढंगले भन्दैनौं रु यो परिवर्तन ल्याउने तमाम योद्धाहरु, राजनीतिक दल र नेताहरुको भूमिकालाई हामीले किन सकारात्मक ढंगले भन्दैनौं ?’

Leave A Reply

Your email address will not be published.