पोखरा/
पोखरामा अण्डा दिवस मनाइएको छ । नेपाल भेटनरी एसोसिएसन र नेपाल राष्ट्रिय कुखुरा व्यवसायी संघको संयुक्त आयोजनामा एक कार्यक्रम गर्दै दिवस मनाइएको हो । कार्यक्रममा पोखराका विभिन्न विद्यालयका विद्यार्थीलाई अण्डा खाँदा हुने फाइदाका विषयमा जानकारी गराइएको छ । यसका अलवा विद्यार्थीलाई अण्डा पकाउने तरिकाका विषयमा समेत जानकारी गराइएको नेपाल भेटनरी एसोसिएसनका उपाध्यक्ष डा.अशेष भट्टराईले बताए । उनका अनुसार प्रोटिन युक्त खानाको अभावमा हाम्रा बालबालिकाहरुमा स्वास्थ्य समस्या देखिएको छ । अण्डाको प्रयोगले प्रोटिनलाई बढ्वा दिन कस्तो सहयोग मिल्छ भन्ने विषयमा विद्यार्थीलाई सिकाइएको उनले उल्लेख गरे ।
कार्यक्रमको पहिलो सेसनमा विद्यार्थीलाई अण्डाको विविध परिकार र अण्डाबाट प्राप्त हुने प्रोटिनका विषयमा जानकारी गराइएको छ । २७ औं विश्व अण्डा दिवसका अवसरमा एक साता देखि संचालित कार्यक्रमको समापन शुक्रबार गण्डकी सरकारका अर्थमन्त्री जीतप्रकाश आलेमगरको प्रमुख आतिथ्तामा सम्पन्न भएको छ । कार्यक्रममा डा।पवन कुमारले सहजीकरण गरेका छन् । नेपाल राष्ट्रिय कुखुरा व्यवसायी संंघका कार्यकारी अधिकृत शिवप्रसाद बरालले समेत उक्त कार्यक्रममा आफ्नो धारणा राखेका छन् ।