काठमाडौं /
आईपीएल २०२४ को लागि दुबईमा आयोजित खेलाडी लिलामीमा सबैभन्दा महँगो खेलाडीको बोली र धेरै नयाँ खेलाडीको नामले सबैलाई चकित बनाएको थियो ।
अस्ट्रेलियाका मिचेल स्टार्क लिलामीमा अहिलेसम्मकै सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २४।७५ करोडमा किनेको हो । यसपछि अस्ट्रेलियाका प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० करोडमा किनेको थियो ।
यी हुन् आईपीएल २०२४ का सबैभन्दा महँगा खेलाडी :
मिचेल स्टार्क {कोलकाता नाइट राइडर्स} – २४.७५ करोड रुपैयाँ
प्याट कमिन्स {सनराईजर्स हैदरावाद} – २०.५० करोड
डेरिल मिचेल {चेन्नई सुपर किंग्स} – १४ करोड रुपैयाँ
हर्षल पटेल {पञ्जाब किंग्स} – ११.७५ करोड
अल्जारी जोसेफ {रोयल च्यालेन्जर्स बैंगलोर} – ११.५० करोड
स्पेन्सर जोन्सन {गुजरात टाइटन्स} – १० करोड रुपैयाँ
समीर रिजवी {चेन्नई सुपर किंग्स०}– ८.४० करोड
रोभमान पावेल {राजस्थान रोयल्स}– ७.४० करोड
शाहरुख खान {गुजरात टाइटन्स} – ७.४० करोड
कुमार कुशाग्रा {दिल्ली क्यापिटल्स} – ७.२ करोड
यहाँ हामी तपाईंलाई केही चर्चित खेलाडीहरूको बारेमा पनि बताइरहेका छौं जसलाई बोली लागेन।
स्टीव स्मिथ :
मंगलबार दुबईमा भएको लिलामीमा अस्ट्रेलियाली टोलीका पूर्व कप्तान स्टिभ स्मिथले पनि निराशाको सामना गर्नुपरेको थियो । उनको आधार मूल्य २ करोड थियो । तर यो लिलामीमा उनले कुनै खरिदकर्ता फेला पारेनन् ।
जोश हेजलवुड :
यस लिलामीमा अष्ट्रेलियाका खेलाडी जोस हेजलउडलाई पनि कुनै टोलीले किनेको छैन । उनको आधार मूल्य पनि २ करोड मात्रै थियो ।
रासी भान डेर डुसेन :
यस अवधिमा दक्षिण अफ्रिकी खेलाडी रासी भान डेर डुसेनले पनि निराश महसुस गरे। उनको आधार मूल्य २ करोड थियो ।
काइली जेमिनसन :
विश्वको सबैभन्दा अग्लो फास्ट बलरमा गनिने न्युजिल्यान्डका काइली जेमिनसनले पनि यस लिलामीमा निराशाको सामना गर्नु परेको छ । उनको आधार मूल्य १ करोड थियो ।