सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको छः डा.वाग्ले

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवम् सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रूपमा चरम भ्रष्टाचार भइरहेको बताएका छन ।

आज शुक्रवार डा. डिल्लीराज खनालले वैदेशिक सहयोगको प्रभावकारितामा आधारित रहेर लेख्नुभएको पुस्तक विमोचन कार्यक्रममा सांसद वाग्लेले नेपालमा नीतिगत ुसेटिङु का आधारमा नियुक्तिसमेत किनबेच हुने गरेको बताए । उनले यस्तो देशमा वैदेशिक सहायता दिने देशहरूले वित्तीय पारदर्शितामा बाँध्नुपर्ने बताए । वैदेशिक सहायता दिने निकायहरूले वित्त सर्त, वित्त अनुशासन र पारदर्शितामा नबाँधे अझ बढी भ्रष्टाचार बढ्ने उनको भनाइ छ ।

IVF Big

सांसद वाग्लेले अहिले कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने काम भइरहेको दाबी गरे । उनले ठेकेदार,नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा र पूर्वाधार निर्माणमा समेत भ्रष्टाचार भइरहेको बताए ।

उहाँले भन्नुभयो, ‘देशै भताभुङ्ग भएको बेलामा केहीले त बाँध्नुपर्‍यो नि । नभए यहाँ हरेक नियुक्तिदेखि बेचबिखन हुने । कागज मिलाएर अर्बौँको भ्रष्टाचार गर्ने देशमा ठेक्कापट्टाको कुरै नगरौँ । सबैतिर भ्रष्टाचार छ । ठेकेदार, नेता र कर्मचारीको मिलेमतोबाट नियुक्ति किनबेच, नीतिगत कब्जा (नियमनकारी निकाय नै कब्जा गर्ने) ,संवैधानिक निकाय कब्जा गरेर नीतिगत रूपमा नै चरम भ्रष्टाचारको युगमा गएका छौँ । यसको अन्त्य हामी गर्छौँ । बाहिरबाट पैसा दिनेहरूले पारदर्शी गर नभन्ने हो भने कति छाडा होला? जहाँ सहयोग चाहिन्छ त्यहाँ वित्त सर्त आवश्यक छ ।’

सांसद वाग्लेले प्रदेश सरकारहरूलाई पञ्चवर्षीय योजना बनाउन परामर्शदाताको आवश्यकता नभएको बताए। उनले सिंहदरबारमा १० जना सल्लाहकार राखिएको तर अब प्रदेशहरूमा पनि राख्नुपर्छ भन्ने आवाज उठिरहेको भन्दै आफूहरू सरकार गयो त्यो खारेज गर्ने दाबी गरे। उनले खुद्रे खालका योजनाहरूमा पनि निर्मम भएर अगाडि बढ्ने बताए ।

Leave A Reply

Your email address will not be published.