काठमाडौँ/
सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पदीय जिम्मेवारी बहन गर्न असक्षम रहेको भन्दै उनलाई असोज ४ गते लिखित ११ बुँदे स्पष्टीकरण सोधेका थिए ।
असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो । सो विरुद्ध डा. बसौला १७ कात्तिकमा सर्वोच्च गएका थिए ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा। बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
पछिल्लो समय स्वास्थ्यमन्त्री बस्नेतले गरेका अधिंकाश निर्णयहरु सर्वोच्चले उल्ट्याइदिएको छ ।