सुचना, समाचार र मनोरन्जन
Sarangi

विद्युत् कटौती प्रकरण विषयमा निजी क्षेत्रले आज धारणा सार्वजनिक गर्ने

काठमाडौँ/

नेपाल विद्युत् प्राधिकरणले चार उद्योगको बिजुली काटेपछि निजी क्षेत्र तरङ्गित बनेको छ । सरकारको यो निर्णय लगत्तै नेपाल उद्योग वाणिज्य महासङ्घले आकस्मिक बैठक बोलाएर आपत्ति जनाएको थियो । यस विषयमा निजी क्षेत्रले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

महासङ्घको आकस्मिक भेलाले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रको धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । यो विषयमा महासङ्घले राजनीतिक दल, सरकार र सरोकारवाला निकायसँग पनि छलफल गर्ने भएको छ ।

प्राधिकरणले शुक्रवार डेडिकेटेड र ट्रंक लाइनको बिजुली बिल नतिरेको भन्दै ४ उद्योगको लाइन काटेको थियो । प्राधिकरणले जगदम्बा स्टिल, घोराही सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन काटेको हो ।

Leave A Reply

Your email address will not be published.