सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

केराखेती विस्तारका लागि ६० लाख रुपैयाँ विनियोजन

कैलाली/

कैलालीको टीकापुर केराखेतीबाट निकै परिचित छ । अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ ।

IVF Big

टीकापुरमा केराखेतीको शुरुआत ज्ञानी शाह र थोमस बर्गिजले गरेको स्थानीय बुढापाका बताउँछन् । त्यसलाई व्यावसायिकरूपमा २०४० सालदेखि कालु हमालले निरन्तरता दिनुभयो । उहाँले थोमस बर्जिजबाट १० बोट हरिखाल जातको केराबाट व्यवसाय शुरु गरेको व्यवसायी हमाल बताउनुहुन्छ । केराका लागि सुहाउँदो माटो भएपछि हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केराखेती गरेका छन् ।

ुव्यवसायको शुरुआत १० बोट केराबाट भएको हो । त्यसपछि त्यसलाई विस्तार गर्दै लगियो । बीचको समयमा अन्य व्यवसाय गरेँ । त्यसबाट सोचेजस्तो लाभ लिन नसकेपछि त्यो छाडेँ । अन्तिममा केरालाई नै निरन्तरता दिएको हुँ, हमाल भन्नुहुन्छ, त्यो बेला म केरा व्यवसाय गर्ने एक्लो थिएँ । अहिले मभन्दा कयौँ किसान केराखेतीमा अब्बल भएर लाग्नुभएको छ । हमालले केराखेतीलाई पर्यटन व्यवसायसँग जोड्नुभयो । केराको मात्रै परिकार पाइने ‘बननाज रिसोट’ टीकापुरमा प्रसिद्ध छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर निर्यात हुन्छ । त्यतिमात्र होइन, टीकापुर आएको व्यक्ति उहाँको बननाज रिसोर्ट नपुगी फर्कदैनन्

ुमैले लगाउने केरा आफ्नै रिसोर्टका लागि मात्र हो । फेरि मैले स्थानीय जातका केरा लगाउँछुु, हमाल भन्नुहुन्छ, अहिले खेतीभन्दा पर्यटन प्रवर्द्धनमा टेवा पुग्न सक्ने काममा मेरो ध्यान छ । उहाँ राष्ट्रपतिबाट उत्कृष्ट किसानका रूपमा सम्मानित भइसक्नुभएको छ । टीकापुर क्षेत्रमा अहिले एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढी जग्गामा केराखेती हुँदै आएको छ । यो वर्ष दुई सय बिघा केराखेती विस्तार भएको व्यवसायी टेकेन्द्र धामी बताउनुहुन्छ । किसान केराखेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या नहुनु, एकपटक खेती गर्दा तीनपटकसम्म आम्दानी हुने भएपछि नोक्सान हुँदैन, धामी बताउनुहुन्छ, टीकापुरमै सहजरूपमा केराको बेर्ना पाइने तथा सरकारी निकायको सहयोग पनि प्राप्त भएपछि केराखेती फस्टाएको छ ।

Leave A Reply

Your email address will not be published.