सुचना, समाचार र मनोरन्जन
Sarangi

विनोद गौचनको स्मृति दिवस विविध कार्यक्रमका साथ मनाइने

पोखरा/
कविता गाउँका प्रणेता कवि तथा गीतकार विनोद गौचनको स्मृति दिवस विविध गतिविधिका साथ मनाइने भएको छ । लुम्ले कविता गाउँ समितिको शनिवार सम्पन्न बैठकले यही पौष २० गते गौचनको व्यक्तित्व र कृतित्व परिचर्चाका साथै विद्यालयस्तरीय कविता प्रतियोगिता आयोजना गरी स्मृति दिवस मनाउने संस्थाका अध्यक्ष भरत देवकोटाले जानकारी दिए ।

अन्नपूर्ण गाउँपालिका वडा नं. ६ लुम्लेका अध्यक्ष एकदेव देवकोटाले विनोद गौचनको योगदानलाई स्मरणीय बनाउन निरन्तर क्रियाशील रहँदै आएकोमा अब प्रतिमा स्थापनालाई पूर्णता दिन वडाले सक्दो सहयोग गर्ने बताए ।

गौचनका दाजु विश्वमोहन गौचनले लुम्ले कविता गाउँ समितिले लुम्लेको पहिचानलाई थप उचाइमा पु¥याउन कविता गाउँको प्रचारप्रसारमा जोड दिन आग्रह गरे । साथै उनले विनोदको प्रतिमा स्थापनाका लागि जग्गा व्यवस्थापन भएपछि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बचनवद्धतासमेत व्यक्त गरे ।

बैठकले लुम्लेमा विनोद गौचनको प्रतिमा स्थापनाका लागि समितिका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा समिति गठन गरेको छ । समितिमा संस्थाका सल्लाहकार असफल गौतम, सचिव सुवास गुरुङ, पूर्व सचिव सुनिल देवकोटा, वडा ६ का वडाध्यक्ष एकदेव देवकोटा र गौचनका दाजु विश्वमोहन गौचन रहेका छन् ।

गौचनको परिकल्पनामा २०६५ चैत्र १५ गते लुम्लेलाई कविता गाउँ घोषणा गरिएको थियो । त्यसको ५ वर्षपछि २०७० पौष २० गते निधन भएका गौचनकोे स्मरणमा समितिले हरेक वर्ष विविध कार्यक्रमका साथ स्मृति दिवस र जन्मजयन्ती विशेष समारोह सञ्चालन गर्दै आएको संस्थाका सचिव सुवास गुरुङले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.