काठमाडौँ/
देशभर १७ हजार भन्दा बढी पशु चौपाया अझै लम्पी स्किनका सक्रिय संक्रमित छन् । १७ हजार ३ सय लम्पी स्किनका सक्रिय संक्रमित पशु चौपाया रहेको नेपाल पशु चिकित्सा परिषद्ले जनाएको छ ।
देशभर कुल गाईभैंसीको संख्या ७५ लाखमध्ये १५ लाख ३६ हजार पशु संक्रमित भएका थिए । परिषद्का अनुसार संक्रमित पशुसंख्यामध्ये अझै देशभर १७ हजार ३ सय पशु चौपाया लम्पीका स्किन सक्रिय संक्रमित रहेका हुन् । हालसम्म ६५ हजार ४ सय पशु चौपायाको मृत्यु भइसकेको छ ।
मृत्यु भएका पशु चौपायाको क्षति ७६ अर्ब ४ लाख रुपैयाँ परिषद्को अनुमान छ । संक्रमित पशुमध्ये ९४ दशमलव ६२ प्रतिशत पशु चौपाया निको भइसकेका छन् भने १ दशमलव १ दशमलव १२ प्रतिशत सक्रिय संक्रमित रहेका छन् ।
संक्रमितमध्ये ४ दशमलव २६ प्रतिशत पशुको मृत्यु भइसकेको परिषद्ले जनाएको छ । हालसम्म १० लाख ५३ हजार ५ सय ५२ पशुचौपायालाई लम्पी स्किनको विरुद्धको खोप लगाइएको छ ।