सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

सुपर लिगः आज काठमाडौं रेजर्स र ललितपुर सिटी भिड्दै

काठमाडौं /

जारी नेपाल सुपर लिग {एनएसएल} फुटबलको इलिमिनेटर खेल आज लिग चरणमा तेस्रो भएको काठमाडौं रेजर्स र चौथो भएको ललितपुर सिटीबीच हुँदैछ। यो खेल आज साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुने छ।

यस खेलको विजेता दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित टिम पोखरा थण्डर्ससँग खेल्ने छ। दोस्रो क्वालिफायरको विजेता फाइनलमा पुग्ने छ। दोस्रो क्वालिफायर खेल आगामी विहिबार हुनेछ।

IVF Big

जारी एनएसएलको पहिलो क्वालिफायरमा धनगढी एफसीले पेनाल्टी सुटआउटमा पोखरालाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ। लिग चरणका खेलहरु सकिएपछि अब शिर्ष चार क्लब प्लेअफमा पुगेका छन्। जसमा पोखरा थण्डर्स १५ अंकसहित शिर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ भने धनगढी एफसी १३ अंकसहित दोस्रो स्थानमा रहदै प्लेअफमा पुगेको हो।

त्यसैगरी डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स १२ अंकसहित तेस्रो हुदै र ललितपुर सिटी एफसी १० अंकसहित तेस्रो हुदै प्लेअफमा छनौट भएको हो।

त्यस्तै झापा एफसी र बुटवल लुम्बिनीले १०–१० अंक हासिल गरेपनि गोल अन्तरको आधारमा पाँचौं र छैटौं भएपछि प्लेअफमा पुग्न असफल भएका छन्।

त्यसैगरी एफसी चितवनले ९ अंक हासिल गरि सातौ, बीरगञ्ज युनाइटेड र स्पोर्टिंग इलामले ८-८ अंक हासिल गरि आठौँ र नवौं स्थान हासिल गरेका छन्। त्यस्तै दोस्रो क्वालिफायर विहिबार हुदै छ । त्यस्तै यस सिजनको फाइनल खेल भने शनिबार हुँदैछ।

Leave A Reply

Your email address will not be published.