सुचना, समाचार र मनोरन्जन
Sarangi

क्रिकेटबाट ज्योति पाण्डेले लिइन् सन्यास

काठमाडौं /

नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेले राष्ट्रिय र घरेलु दुवै क्रिकेटबाट सन्यास लिएकी छिन् ।

प्रधानमन्त्री कप महिला टि- २० राष्ट्रिय प्रतियोगिता फाइनल खेल खेलेसंगै एपीएफमा आवद्ध पाण्डेले सन्यास लिएकी हुन् । उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले सम्मान दिएको थियो।

आफु देश छाडेर विदेश जान लागेकाले क्रिकेट करियर अन्त्य गरेको उनले बताइन् । टीम छोड्दा दुख लागेपनि आफ्नो आगामी दिनका लागि कठिन निर्णय गरेको उनको भनाइ छ ।

उनले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् ।

Leave A Reply

Your email address will not be published.