सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

भारतले २० करोड खर्च गर्न पाउने सत्य हो तर सोझै होइनः प्रधानमन्त्री

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफू खुसी २० करोड खर्च गर्न नपाउने जनाएका छन्।

IVF Big

राज्य तथा सुशाषन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री दाहालले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गरिने जानकारी दिएका हुन्।

‘३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन, प्रकृया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिँदै भने, ‘तर तपाइँले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ। बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले राष्ट्रियता कमजोर हुने तथा सरकार निष्प्रभावी हुने भन्दै असहमित प्रकट गरे पछि प्रधानमन्त्रीले सो जवाफ दिएका हुन्। बैठक ५ मिनेटमा नै सकिएको थियो।

Leave A Reply

Your email address will not be published.