सुचना, समाचार र मनोरन्जन
Sarangi

माओवादी केन्द्रले विधान मस्यौदा शनिबार बुझाउने

काठमाडौँ/

माओवादी केन्द्रले गठन गरेको विधान मस्यौदा समितिले शनिबार मस्यौदा पार्टीलाई बुझाउने भएको छ । मस्यौदाको काम सकिए पनि भाषा मिलाउन बाँकी रहेकाले शनिबार बुझाउने सचिव एवं मस्यौदा समिति सदस्य राम कार्कीले जानकारी दिए ।

‘मस्यौदाको काम सकिएको छ । भाषा मिलाएर अन्तिम रुप दिन बाँकी छ । मस्यौदा भोलि बुझाउँछौं’, उनले भने ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मस्यौदामाथि छलफल भएको थियो । अहिले मस्यौदाको प्रुफिङ हेर्ने, भाषा मिलाउने र केही प्रविधिक विषय मिलाउने काम भइरहेको मस्यौदा शुक्रबार नबुझाइएको नेताहरूको जिकिर छ ।

पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पादाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन भएको थियो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.