सुचना, समाचार र मनोरन्जन

भेरीखोलाको दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण

जुम्ला/

जुम्लाको तातोपानी गाउँपालिका–७ दार्मिटाकुरामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ ।

गाउँपालिका, फोर.एस संस्था र स्थानीयको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको वडाध्यक्ष तिलक रावतले जानकारी दिए । २०७९ साल असोज दोस्रो हप्ता आएको बाढीले काठेपुल बगाएपछि स्थानीयलाई आवातजावत गर्न समस्या थियो ।

स्थानीय सरकारको लगानीमा झोलुङ्गे पुल निर्माण भएपछि नागरिक खुसी भएका छन । पुल निर्माण नहुँदा वडा ७ का ६० घरधुरीलाई आवतजावतमा निकै समस्या थियो । तर अहिले निक्कै सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खेमराज थापाले बताए ।

झण्डै ४२ लाख लगानीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । तातोपानीमा अहिलेसम्म १५ वटा झोलुङ्गे पुल निर्माण भएर सञ्चालनमा आएका गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.