पोखरा/
पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले नयाँ शैक्षिक सत्र २०८०÷०८१ का लागि बीएचएम, बीबीए, बीबीए-बीआई का विद्यार्थीहरुलाई शैक्षिक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
१०७ विद्यार्थीसहित उनीहरुका अविभावकहरुलाई बोर्ड अध्यक्ष अशोक पालिखे, बोर्ड सदस्य कृष्ण बहादुर थापा, जयराम हमाल, हरिप्रसाद पराजुली, प्रकाश केसी, माइकल कर्माचार्य, सल्लाहकार डा।अनिल सुवेदी, प्रिन्सिपल प्रकाश रेग्मी, भाईस प्रिन्सिपल राजकुमार कार्कि, बीएचएम, बीबीए, बीबीए/बीआई कोअर्डिनेटर जोक बहादुर थापा, प्लस टू कोअर्डिनेटर दीनेश कुमार यादव लगायतले फूलमाला र खादाले सम्मान तथा स्वागत गरेका थिए ।
कलेजका अध्यक्ष अशोक पालिखेले सहभागिहरुलाई स्वागत गर्दै विद्यार्थीको क्षमता अभिबृद्धिका लागि विभिन्न समयमा जीवनोपयोगि परामर्शका कार्यक्रमहरू गर्दै आएको बताए । हामीलाई अभिभावकले विश्वास गर्नुभएको छ र विद्यार्थी भर्ना गराउनु भएको छ। हामीले त्यो विश्वासलाई कहिल्यै मर्न दिने छैनौं । अध्यक्ष पालिखेले भने, त्यसैले होला हालसम्म कलेजमा अध्ययन गरेका १३ सय विद्यार्थीहरु कुनै न कुनै काममा व्यस्त छन । कोहि पनि बेरोजगार बस्नु परेको छैन । कति त विदेशका तारे होटलमा राम्रो स्थान जमाउन सफल भएका छन्, यो ठूरो गौरवको कुरो हो ।
नेपालमा शिक्षा तथा त्यसमा पनि होटल म्यानेजमेन्टको पढाईको आवश्यक्तालाई बोध गरेर सन् १९९९ मा हामीले कलेजको स्थापना गरेका थियौं । विद्यार्थीहरु यही विषय अध्ययनका लागि विदेश जानुपर्ने र महंगो शुल्क तिर्नु परिरहेको अवस्थालाई घटाउन र रकमको बचतमा सघाउन केहि हदसम्म सफल भएको बताए ।
अहिलेको परिवेश फरक र चिन्ताजनक भएको बताउँदै पालिखेले हाम्रो उदेश्य र चाहना पोखरालाई शैक्षिक हब बनाउने कार्यलाई सघाउदै विदेशमा गएर विद्यार्थीहरु डिप्रेसनमा बस्नुपर्ने, सडकमा डुल्नुपर्ने स्थितिलाई कम गराउने हो ।
प्रिन्सिपल प्रकाश रेग्मी
प्रिन्सिपल प्रकाश रेग्मीले कलेजको पढाई सकेर जाने कुनैपनि विद्यार्थी बेरोजगार नभएको बताउँदै यो बेला विद्यार्थीले धेरै मेहनत गर्नुपर्ने बताए । उनले कलेजमा सैद्धान्तिक तथा व्यावहारिक सिकाईलाई सेवा क्षेत्रमा जाँदा राम्रो प्रतिफल दिन सक्षम हुने गरी असल अध्ययनको बाटोलाई अबलम्वब गर्न आग्रह गरे ।
हाम्रा विद्यार्थीहरुले अहिलेसम्मको इतिहासलाई हेर्दाखेरि कलेजले गौरवानुभूति गरिरहेको छ । हामीले कलेजको तर्फबाट भरमग्दुर प्रयास गर्छौं र विद्यार्थी तथा अभिभावकको तर्फबाट पनि सोहि अपेक्षाको परिपुरण हुने खालको समन्वय हुनेमा कलेज ढुक्क भएको बताए ।
बेला बेलामा कलेजमा आएर अभिभावकले आफुलाई लागेका कमिकमजोरिहरु र सुझाव दिनका लागि जहिले पनि ढोका खुल्ला रहेको र विषयगत शिक्षकको हकमा उहाँहरुसंगको भेटघाट र बिचारमन्थनका लागि स्वागत गर्न तयार रहेको बताए ।
विद्यार्थीको भविष्य उज्वल बनाउन हामी चिन्तित छौं, उनले भने, कलेजमा पढाई, व्यावहारिक सिकाईका साथमा बर्षभरी नै विभिन्न खालका इभेन्ट्सहरुमा उनीहरुलाई सहभागि गराईरहेको बताए । विभिन्न कालखण्डमा दक्षता प्राप्त गरी सफलता हासिल गरेका व्यक्तित्वहरुका अनुभव वा पुर्नताजगि र परामर्शका कार्यक्रम गर्दै आएको बताए ।
लाईफ कोच, परामर्शदाता डा.रबिन कटवाल
“ग्रोथ माइण्डसेट” विषयक अभिमुखिकरणमा काठमाडौंबाट पोखरा आएका लाईफ कोच तथा कर्पोरेट एक्सपर्ट डा।रबिन कटवालले असल मान्छेहरु, ज्ञानि मान्छेहरु संसारमा २० प्रतिशत भएपनि उनीहरुले विश्वलाई नेतृत्व गरिरहेको बताए ।उनीहरुलाई विश्वले चिनिरहेको र श्रद्धा प्रकट गरिरहेको बताए । उनले भने, मान्छे त्यस्तै बन्नका लागि दिमागमा जहिले पनि सकारात्मक, सिर्जनात्मक कुराहरु राख्नु पर्ने र नकारात्मक कुराहरुलाई हटाउनु पर्नेमा जोड दिए ।
विद्यार्थीले उच्च लक्ष्य प्राप्तिका लागि लगनशिल भएर अध्ययन, अनुसन्धान गर्ने बानिको विकास गर्नुपर्ने र अविभावकले उनीहरुको अध्ययन र सिर्जनशिलतामा वाधा पुर्याउने खालको कुरा गर्न नहुने बताए । तर अभिभावकले बच्चाहरुको असल काममा सधैं हौसला प्रदान गर्नमा कन्जुस्याई नगर्न अपिल गरे । मेरो बिन्ति छ । लाईफ कोच कटवालले भने, अभिभावकले पनि सामाजिक संजालमा समय बिताउनुभन्दा उत्पादनमूलक सिपहरुको बाटोमा लाग्न आग्रह छ ।
समयले मानिसलाई कुदाईरहेको छ । घडीको सेकेण्डको सुई झैं छिटोछिटो कुदाईरहेको छ । तर त्यसको जम्मै जस मिनेट र घन्टाको सुईमा जान्छ । मान्छे पनि साच्चिकै मान्छे बन्नका लागि कुदेको कुदेई नगरिकन सुजबुझकासाथ सफलता प्राप्तिको शिखरमा पुग्न प्रतिफल निकाल्ने गरी काम गर्नुपर्छ त्यो ज्ञानबाट मात्रै प्राप्त हुन्छ ।
टुरिजम कलेज यो यस्तो कलेज हो म यसका फाउण्डरहरु, नेतृत्वकर्ता अध्यक्ष अशोक पालिखेको व्यवस्थापकिय क्षमताप्रति नतमस्तक छु । प्रिन्सिपल प्रकाश रेग्मीको टीमको हरदिन र रातको कसरत कलेजका लागि यो जस्तो पुन्य अरु हुन नसक्ने बताए । कटवालले भने, जिन्दगी जिउने शिक्षा लिन आउनु भएको छ । होटल म्यानेजमेन्टको अध्ययनमा लाग्नु भनेको इज्जत, प्रतिष्ठा, आतिथ्यता, बलियो आर्थिक श्रोत लगायतका दायराहरुलाई चौडा बनाउनु हो । हस्पिटालिटीको क्षेत्र मन लगाएर अरुको मन जित्ने क्षेत्र भएकोले तपाँईहरु सहि मार्गमा हिड्नु भएको छ ।
जिवन यात्रामा सबै एउटै खालका मान्छे भेटिदैनन् । खल्तिमा टन्न पैसा छ भने हलो हाई भन्नेहरु धेरै भेटिन्छन् । खल्तिमा केहि छैन भने कसैले हलो भन्दैन र वास्ता पनि गर्दैनन् । बरु उनीहरुले हु आर यू रु भन्न पछि पदैनन् ।
यसरी सफलताको शिखरमा पुगिन्छ
कटवालले भने, धन त केहि होईन । धन हुनेसंग ज्ञान भएन भने क्षेणभरमै सबै नष्ट हुनसक्छ । तर ज्ञान छ भने जति पनि धन कमाउन सकिन्छ र बचाउन सकिन्छ । जोसंग ज्ञान छ उसैले सफलता प्राप्त गर्छ । टिनएजमा गलत कुराहरु सुनाउने र सुन्ने हुन सक्छ । यो गलत हो । गलत क्रियाकलापलाई सदाका लागि निषेध गर्नुपर्छ ।
हेलन केलरको उदाहरण प्रस्तुत गर्दै उत्प्रेरक कटवालले भने, रोगको कारण साढे दुई बर्षमा देख्ने, बोल्ने र सुन्ने क्षमतालाई गुमाएकी केलरले केहि गर्न सक्दिनन् भन्नेहरुका लागि मात्रै होईन विश्वकै लागि उदाहरणीय व्यक्तित्व बन्नुभयो । उहाँले पढनुभयो । ज्ञानकै कारण उहाँ प्रसिद्ध लेखक, प्रोफेसर र राजनीतिज्ञ पनि बन्नुभयो । उनले भने, असल काममा लागौं सबै संभव छ ।
तपाँई विद्यार्थीहरुले अबको ७ वर्ष, १० वर्ष वा २० वर्ष वा जीवनमा के गर्ने भनेर सपना देख्नुपर्छ । अनि सोहि अनुसारको अध्ययन योजनामा लाग्नु पर्छ, कटवालले भने । ज्ञान नभएको मान्छे कमजोर हुन्छ । सबैभन्दा शक्तिशालि ज्ञान भएका मान्छेहरु नै हुने भएकोले ज्ञानको दायरालाई फराकिलो बनाउनुपर्छ । नकारात्मक सोंचलाई हटाउनु पर्ने, सकारात्मक दृश्टिकोण राख्नु पर्ने र हरेक परिश्थितिको सामना गर्न तयार हुन आँट गर्नुपर्छ उनले भने ।
हामी राष्ट्रको असल कर्मवीर हुन र नेतृत्व गर्न जन्मेका हौं भनेर अगाडी बढ्ने सोंचको विकास गरौं । कटवाले भने, कसैको कुभलो नसोचौं र नगरौं । मात्र ज्ञानको दायरालाई हरपल फराकिलो बनाउन प्रयत्न गरिरहने बानि बसालौं यसैले तपाँईलाई सफलताको शिखरमा पुर्याउँछ दुई मत छैन ।
अविभावकले पनि छोराछोरीलाई देशमै भविष्य खोज्न लगाउनु पर्छ । यहि कलेजमा पढेर गएकाहरु यो २५ वर्षको अवधिमा कोहि पनि बेरोजगार छैनन् । शुरुको व्याजका राजकुमार कार्कि सर अहिले भाईस प्रिन्सिपल हुनुहुन्छ । र प्लस टू कोअर्डिनेटर दीनेश कुमार यादव हुनुहुन्छ । त्यसैले अहिलेको समय अध्ययन गर्ने र त्यसबाट जिन्दगीको लक्ष्य पहिल्याउदै उचाईमा पुगिन्छ कटवालले भने ।
मानिस असल काम र व्यबहारले ठूलो हुन्छ । यसका लागि सरल, नम्र, हुनुपर्छ । धैर्यतामा रहनु पर्छ । लगनशिल र संघर्षशिल भए कहिल्यै असफल भईन्न । मेहनत गरौं उचाईमा पुगिन्छ । फरक सोच राखौं । कडा मेहनतलाई नछाडौं । राप, ताप सहेर पनि अगाडि बढ्नुपर्छ ।
परिक्षा संयोजक शुरेसराज अधिकारीले सन्चालन गरेको कार्यक्रममा सहभागिहरुलाई बीबीए तेश्रो वर्षका विद्यार्थी आकृति शर्मा, जुलिया श्रेष्ठ, श्रेया आचार्य र रेश्मा गुरुङले स्वागत नृत्य देखाएका थिए ।
यसअघि कार्यक्रमको बोर्ड अध्यक्ष अशोक पालिखेले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । अध्यक्षता कलेजका अध्यक्ष अशोक पालिखेले नै गरेका थिए ।