सुचना, समाचार र मनोरन्जन

लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको छ: अर्थमन्त्री महत

काठमाडौं /

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकमा लगानी भित्र्याउन सरकारले आवश्यक वातावरण बनाइरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित भारत-नेपाल बिजनेश फोरममा मन्त्री महतले नेपालमा लगानीका धेरै उपयुक्त क्षेत्र रहेकाले लगानी गर्न आह्वान गर्दै सरकारले आवश्यक वातावरण बनाइरहेको बतएका हुन्। उहाले लगानीलाई सहज गर्न पुराना कानूनहरुलाई परिमार्जन गर्दै लैजाने उल्लेख गरे।

सरकारले आगामी अप्रिलमा लगानी सम्मेलन गर्न लागेको भन्दै मन्त्री महतले त्यसअघि सरकारले आवश्यक पूर्वाधार तयारीमा ध्यान केन्द्रीत गरेको जिकिर गरे। उनले जलविद्युत क्षेत्रका नेपालले फड्को मारेको र भारतले १० हजार मेगावाट खरिद गर्ने सम्झौता भएको अवस्थामा अन्य वस्तुहरुको निर्यातमा पनि नीजि क्षेत्रले ध्यान दिनुपर्ने बताए।

नेपालमा सयौं पर्यटकीय स्थल भएपनि सडकको अवस्थाका कारण त्यसको पूर्ण उपयोग गर्न नसकेकाले सडक निर्माणमा समेत ध्यान दिएको उहाले बताए। उनले नेपालका निजी क्षेत्र र भारतको नीजि क्षेत्रबीच सहकार्य गरेर व्यवसाय तथा लगानीका लागि काम गर्न सुझाव दिए।

Leave A Reply

Your email address will not be published.