सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

राजनीतिक दल पुस्ता लक्षित हुनुपर्छ: सभापति लामिछाने

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन् । सोमबारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए ।

IVF Big

राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए । यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको बताए । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताए ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए । पुराना राजनीतिक दलहरुमा अझै पनि राणा शासन कायम रहेको भन्दै उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए ।

Leave A Reply

Your email address will not be published.