सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्री सुन हायानको भेटवार्ता

काठमाडौं /

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले भेटवार्ता गरेकी छिन्।

Gokarna Karki

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए।

उपमन्त्री हायान नेकपा {माओवादी केन्द्र}को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्। नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

Leave A Reply

Your email address will not be published.