सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपालले क्यानडालाई दियो २२५ रनको लक्ष्य

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २२४ रन बनाएको हो ।

काठमाडौं /

किर्तिपुर मैदानमा जारी पहिलो एकदिवसीय खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २२४ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ५८ बल खेल्दा ९ चौका र एक छक्का प्रहार गरे । आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भिम सार्कीले १७, पवन सर्राफले १५, सूर्य तामाङले १० रन बनाए ।

क्यानडाका लागि उदय भगवानले सर्वाधिक ३ विकेट लिए । साद बिन जफार र ईश्वरजित सोहीले २–२ विकेट लिए भने शाहीद अहमदजाइ र हर्ष ठक्करले १–१ विकेट लिए । क्यानडाले अब केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

Leave A Reply

Your email address will not be published.