सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

पोखरा /

पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए ।

IVF Big

सिर्जनशिल कलाकार समुहसँगको सहकार्यमा यो प्रदर्शनी पोखरामा आयोजना गर्न लागिएको हो । “सामाजिक रुपान्तरण: ललितकलाको अभियान“ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनी फागुन २३ गतेसम्म सञ्चालन हुनेछ । पोखरा आर्ट ग्यालरी नयाँ बजार पोखरामा हुने प्रदर्शनीमा कुल ७४ वटा चित्र प्रदर्शनमा राखिने सदस्य सचिव श्रेष्ठले खुलाए । ’कलाको वृत्ति विकास, प्रवद्र्धन र सवद्र्धनको लागि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा नेपालको इतिहासमा पहिलोपटक यो प्रदर्शनी गर्न लागिएको हो’ उनले भने ।

अवलोकनकर्ताले प्रदर्शनी अवधिभर हरेक दिन बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म प्रदर्शनीमा राखिएका चित्रको अवलोकन गर्न पाउनेछन् । प्रदर्शनीको औपचारिक उद्घाटन शनिबार दिउँसो ३ बजे र समापन फागुन २३ गते दिउँसो ३ बजे गर्ने तय भएको आयोजकको भनाइ छ । देशका सुप्रसिद्ध कलाकारको सहभागीतामा कार्यक्रम सम्पन्न हुने भएकोले नयाँ तथा पुराना कलाकारको जमघट समेत त्यहाँ हुनेछ।

प्रदर्शनी मार्फत छानिएका चित्र २०८१ जेठ १५ गते काठमाडौंमा हुने राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी हुनेछन् । यो ऐतिहासिक कार्यक्रमको अवलोकन गरेर कलाकार र आयोजकलाई हौसला प्रदान गरिदिनका लागि सबै कलाप्रेमीलाई आयोजकले अनुरोध समेत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.