सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

इन्द्रराज्यलक्ष्मीमा वार्षिक खेलकुद कार्यक्रमको पुरस्कार वितरण

पोखरा /

पोखरा १६ लामाचौरस्थित श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रमको पुरस्कार तथा मेडल वितरण सम्पन्न भएको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्रीले विद्यालयमा सञ्चालित वार्षिक खेलकुद कार्यक्रमको पुरस्कार वितरण गदै खेलकुदले विद्यार्थीको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा पढाई र सिकाइसँगै खेलकुद पनि आवश्यक रहेको बताए ।

IVF Big

वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आधारभूत तहमा तातो आलु, बेलुन फुटाइ, मेमोरी खेल, फुटबल, कुर्सी दौड, चम्चा दौड लगायतका खेल सम्पन्न गरिएका थिए । विजेतालाई आधारभूत तहतर्फ कक्षा १ देखि ५ सम्मकी इञ्चार्ज सिर्जना थापा र खेलकुद समिति सदस्य इन्दु खनालले अबिर, टीका र मेडल प्रदान गरेकी थिइन ।

माध्यमिक तहमा अन्तर सदनात्मक छात्र÷छात्रा फुटबल, भलिबल, २०० र ४०० मिटर दौड, कुर्सी दौड, टेबलटेनिस, रस्साकस्सी लगायत खेलका बिजेतालाई शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री, प्रधानाध्यापक केशवप्रसाद अम्गाई, सहायक प्रधानाध्यापकद्वय पूर्णभद्र अधिकारी र बलबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य निर्मल थापा, भुवन भट्टराइ र खेलकुद समिति संयोजक विशाल नेपालीले टीका, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक गिता शर्माले गरेकी थिइन । स्वागत मन्तव्य संयोजक विशाल नेपालीले गरेका थिए भने सहजीकरण खेलकुद समितिका सदस्य सन्तोष आचार्यले गरेको जानकारी विद्यालयकी सूचना अधिकारी सीता पौडेले दिइन ।

Leave A Reply

Your email address will not be published.