पोखरा /
राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’को भातृ संगठन ‘राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्की’को अध्यक्षमा राजेश पोखरेल चयन भएका छन् ।
राप्रपा युवा संगठनका केन्द्रीय संयोजक सुजित केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कास्की जिल्लाको जिल्ला अधिवेशनले पोखरेलको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
संगठनको अध्यक्षमा चयन भएपछि पोखरेलले आफू कास्कीका युवाहरुमाझ राप्रपाको विचार र एजेण्डालाई लिएर जाने प्रतिबद्धता व्यक्त गरे। उनले राष्ट्रवादी युवाहरूलाई संगठित गरी पार्टीको हितमा काम गर्ने आफ्नो योजना रहेको बताए।
जिल्ला अधिवेशनले संगठनको उपाध्यक्षमा विकास गुरुङ, यस्तै उपाध्यक्षमा मनिस ओस्था, सचिवमा विजय पराजुली, कोषाध्यक्षमा प्रतिक खड्का र सह-सचिवमा सविन परियारलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा विनायक मगर, सुजन तामाङ, जितेन्द्र गुरुङ, राजकुमार गुरुङ, नवीन मल्ल, दिलिप राना मगर, दिपेश अधिकारी, बिशाल गुरुङ, साइमन गुरुङ, आशिष गुरुङ, प्रदिप गुरुङ, रोशन वि. क, अनिस ओस्था, अमित गुप्ता, विश्वास त्रिपाठी, रोहित पौडेल, बिस्रुत ढुङ्गाना र आविश्कार अधिकारी चयन भए।
संगठनको अध्यक्षमा चयन भएपछि पोखरेलले आफू कास्कीका युवाहरुमाझ राप्रपाको विचार र एजेण्डालाई लिएर जाने प्रतिबद्धता व्यक्त गरे। उनले राष्ट्रवादी युवाहरूलाई संगठित गरी पार्टीको हितमा काम गर्ने आफ्नो योजना रहेको बताए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर खराल, शुशिला केसी अधिकारी, शिव चालिसे, राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङ, कास्की प्रवक्ता अरुण गिरी लागाएतले बोलेका थिए ।