पोखरा /
माछापुच्छ्रे गाउँपालिका वडा न. २ स्थित सार्दिखोला स्वास्थ्य चौकिमा निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि. र नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीको सयुंक्त आयोजनामा गरिएको सो कार्यक्रममा हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रमलाई माछापुच्छ्रे गाउँपालिका वडा नं.-२ का अध्यक्ष गणेश आचार्यले पहिलो सेवग्राही रण बहादुर गुरुङलाई उपचार फारम हस्तान्तरण गरि सुरुवात गरियो। प्रमुख अतिथिका रुपमा आफ्नो भनाई राख्दै अध्यक्ष आचार्यले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तरगतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरु लावान्भित भैरहेको बताउदै भविष्यमा अझ सकारत्मक कार्यक्रमहरुको लागि पनि सुझाव प्रदान गरे ।
कार्यक्रममा ३५० जनाले आँखा चेकजाँज गराएका छन् । जसमध्ये १८९ जना ब्यक्तिहरुलाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १५ जनामा मोतिविन्दु भेटिएको र उनिहरुलाई दुवै आयोजक संस्थाको पहलमा यथाशिघ्र शल्यक्रियाको लागि थप व्यवस्था गरिने जानकारी गराइएको छ ।
सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गिरिधारी आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामप्रसाद आचार्यले गरेका थिए।