सुचना, समाचार र मनोरन्जन
Sarangi

रघुवीर महासेठको नेतृत्वमा एमाले सरकारमा सहभागी हुँदै

काठमाडौं /

नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सचिव रघुवीर महासेठको नेतृत्वमा सहभागी हुने भएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्नेछन् । नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन ।

जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाइ बुझाउने भएको छ ।

त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने एमाले उपाध्यक्ष पौडेलले बताए ।

स्रोतका अनुसार यसअघि सपथ लिएर बिना बिभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाइ मन्त्रीमा सिफारिस गरिएको छ ।

हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो ? भन्ने ठोस गरिसकिएको छैन् । छलफल जारी छ ।

Leave A Reply

Your email address will not be published.