सुचना, समाचार र मनोरन्जन
Fishtail IVF

संस्कृत माविमा शिवरात्रि विशेष पूजा

पोखरा /

भीमकालीपाटनस्थित गण्डकी प्रदेशकै पुरानो विद्यालय संस्कृत माध्यमिक विद्यालयले महाशिवरात्रिको अवसरमा आयोजित विशेष पूजा आराधानसहित सामुहिक व्रतबन्धको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

IVF Big

फाल्गुण २५ गते विद्यालयले श्री ज्ञानेश्वर शिवपाञ्चायन मन्दिर परिसरमा पहिलो पटक धुमधामसँग विशेष पूजाआराधना गर्न लागेको हो । उक्त दिन वडा नं. १ को कार्यालयबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिने सुनौलो छात्रवृत्ति वितरण कार्यक्रम तथा रुद्रभिषेकसहित वटुकहरुको सामुहिक व्रतबन्धसमेत हुने भएकाले व्रतबन्धको लागि समयमै आफ्ना बाबुहरुको नाम लेखाउन अनुरोध गरिएको छ ।

कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न गर्नका लागि अभिभावक तथा शिक्षकहरु समावेश गरी विभिन्न उपसमिति निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जनाए । गत जेठ १९ का दिन विद्यालय प्रवेशद्वार नजिकै श्री ज्ञानेश्वर शिवपाञ्चायनको विशाल मन्दिरको प्राणप्रतिष्ठासहित समुद्घाटन भएको थियो ।

वि.सं. १९५८ मा स्थापित संस्कृत माध्यमिक विद्यालय जिल्लाकै पुरानो विद्यालय हो । कक्षा शिशुदेखि कक्षा १२सम्म पढाइ हुने संस्कृत माध्यमिक विद्यालयमा हाल स्थानीय क्षेत्रदेखि नेपालका विभिन्न जिल्लाबाट विद्यार्थी पढ्न आउने गरेका छन् ।

Leave A Reply

Your email address will not be published.