सुचना, समाचार र मनोरन्जन
Sarangi

राष्ट्रिय युवा संघ नेपाल कास्कीले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

पोखरा /

राष्ट्रिय युवा संघ नेपाल कास्कीले अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पोखरामा फरक तरिकाले मनाइएको हो ।

सो अवसरमा कोपिला नेपालमा रहेका ४८ जना वेवारिसे महिलाहरुलाई खाद्यान्न वितरण गरिएको युवा नेतृ सरस्वती पुरीले बताइन । उनका अनुसार नेकपा एमालेको जनवर्गिय संगठन युवा संघमा आवद्द युवा महिलाहरुले दिवसलाई सम्झिदै मनाइएको हो।

सामाग्री वितरण गर्दै युवा नेतृ सरस्वती पुरीले महिला हिंसा दिनानुदिन बढ्दै गरेको र घर स्कुलमा पनि महिलाहरु सुरक्षित नभएको चिन्ता व्यक्त गरिन । कार्यक्रमा युवा नेतृ विष्णु सुवेदीले यो ठाउँमा आएर जे देखियो त्यसले भावविहिल बनाएको बताइन ।

कार्यक्रममा युवा संघमा आवद्द महिलाहरुको उपस्तिथि थियो । कोपिला नेपाललाई सम्झिएर नारी दिवस मनाउन नेकपा एमालेमा समर्पित युवा महिलाहरु आएकोमा कोपिला नेपालका निर्देशक विना शिलवालले खुसी व्यक्त गरिन । त्यहाँ भएका महिला दिदीबहिनीहरुले आफ्नो वेदनाको गीत सुनाएर सहयोगी संस्थालाई विदाई गरे ।

Leave A Reply

Your email address will not be published.