काठमाडौँ /
हाल हङकङ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबारको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालले आइतबार हङकङविरुद्धको खेलमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी सहभागी छ ।
यसअघि शनिबार खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली टोली पराजित भएको थियो । उक्त खेलमा घरेलु टोली हङकङले नेपाललाई ७३ रनले हराएको थियो ।