काठमाडौं /
वाग्मती प्रदेशका जिल्लाहरूमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप {एचपीभी}को दोस्रो डोज दिइँदै छ ।
गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सुरु गरिएको ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो डोज ६ महिनापछि दिन लागिएको हो ।
जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका बालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकरा प्रसूति तथा स्त्रीरोग अस्पतालबाट दिइनेछ । सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट यो खोप दिइँदै छ ।