सुचना, समाचार र मनोरन्जन

विश्व खाद्य कार्यक्रम: नेपाल सरकार र युरोपेली सङ्घको संयुक्त सहकार्यमा पोखरामा मानवीय सहायतास्थलको निर्माण शुभारम्भ

प्रादेशिक र राष्ट्रिय आपतकालीन प्रतिकार्यलाई सहयोग पु¥याउने उद्धेश्यले देशैभरी निर्माण गरिएका १२ वटा मानवीय सहायतास्थलहरू मध्ये यो अन्तिम हो । सहायतास्थल निर्माण पश्चात् मुलुकका सातै प्रदेशहरूमा आआफ्नै मानवीय सहायतास्थलहरूको संयन्त्र हुनेछ ।

सुरेश रानाभाट, पोखरा /

गण्डकी प्रदेश एवम् पर्यटनको राजधानी पोखरामा मानवीय सहायता स्थलको निर्माण शुभारम्भ भएको छ । शिलान्यास कार्यक्रम नेपाल सरकार, युरोपेली सङघ तथा संयुक्त राष्ट्रसङ्घ विश्व खाद्य कार्यक्रमको संयुक्त सहकार्यमा विहीबार पोखरामा भएको हो ।

नेपाल सरकार गृह मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा युरोपेली सङ्घको आर्थिक सहयोग एवम् विश्व खाद्य कार्यक्रमको व्यवस्थापनमा पोखरामा निर्माणकार्य सुरु भएको जनाइएको छ ।

नेपालका लागि युरोपेली सङ्घका राजदुत भेरोनिक लोरेन्जोले भने नेपाल प्राकृतिक विपत्तिका हिसाबले जोखिम मुलुक हो । गरिबीको रेखामुनि रहेका समुदाय नै विपद् र प्रकोपहरुबाट बढी पीडित हुन्छन् । लोरेन्जोले युरोपियन युनियनले विपद्को बेला छिटोछरितो रूपमा प्रतिकार्य गर्न विश्व खाद्य कार्यक्रमको सहकार्यमा आपतकालीन प्रतिकार्य केन्द्रको निर्माण कार्यमा सहयोग गरेको जनाए । सहायता स्थलले हामीलाई प्रकोप वा सङ्कटको अवस्थामा सहज तरिकाले उद्दार गर्न र जीवन बचाउन सहयोग पुग्ने दावी उनले गरे ।

विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि तथा निर्देशक रोबर्ट काश्काले भने विपदको पूर्व तयारीमा लगानी गर्दा समय र जीवन बचाउन सकिन्छ । प्रदेश स्तरीय बन्दोबस्तीका आधारहरू साथै मानवीय सङ्घसंस्थाहरू तथा सरकारको क्षमता अभिवृद्घिले प्रत्येक प्रदेशहरूलाई प्रकोप प्रतिकार्यमा छिटो र प्रभावकारी रूपमा प्रतिकार्य गर्न मद्दत पुग्ने छ । यो महत्वपूर्ण सहायतास्थल निर्माणका लागि १ लाख ६१ हजार अमेरिकी डलर खर्च हुनेछ र ४ महिनाभित्र तयार हुनेछ । यो उदार योगदानको लागि युरोपेली सङ्घप्रति आभारी रहेको काश्काले जनाए ।

पोखरा विमानस्थलमा भएको शिलान्यास कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयकी कायम मुकायम महाप्रबन्धक जसोधा सुवेदी, पोखरा महानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख सुरेन्द्रप्रसाद शर्मा तथा विश्व खाद्य कार्यक्रमका वरिष्ठ अधिकारीहरू रतिन्द्र खत्री, मोती थापा, मोनिका उपाध्यायको उपस्थिति रहेको थियो ।

प्रादेशिक र राष्ट्रिय आपतकालीन प्रतिकार्यलाई सहयोग पु¥याउने उद्धेश्यले देशैभरी निर्माण गरिएका १२ वटा मानवीय सहायतास्थलहरू मध्ये यो अन्तिम हो । सहायतास्थल निर्माण पश्चात् मुलुकका सातै प्रदेशहरूमा आआफ्नै मानवीय सहायतास्थलहरूको संयन्त्र हुनेछ । जसले गर्दा आपतकालीन सङ्कट र विपद्को बेला राहत सामग्रीहरूको भण्डारण तथा दूर्गम स्थानहरूमा समयमै बन्दोबस्ताीका सामग्री ढुवानीमा सहयोग पुग्ने उल्लेख गरिएको छ ।

वि.सं. २०७२ साल चैत्रमा काठमाडौँमा मानवीय सहायतास्थलले निर्माण गरी कार्यन्वयनमा ल्याएको थियो । यसले २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा राहत सामग्री वितरणमा टेवा पुगेको थियो । यो स्थलको निर्माण नभएको भए भूकम्प पीडितसम्म राहत वितरण गर्न थप २१ दिन लाग्ने अवस्था थियो । विनाशकारी भूकम्पको एक महिना अघिमात्रै आपतकालीन तैयारी र प्रतिकार्यका लागि सञ्चालनमा ल्याइएको थियो । विपद्को अवस्थामा पु¥याएको उल्लेख्य योगदानलाई मध्यनजर गदैं पोखरामा मानवीय सहायतास्थलको निर्माण थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घ विश्व खाद्य कार्यक्रम डब्ल्युएफपी विश्वको सबैभन्दा ठूलो मानवीय सङ्गठन हो । यसले आपतकालमा जीवन बचाउने र खाद्य सहायता मार्फत् शान्तिको मार्ग प्रशस्त गर्ने, द्वन्द्व, प्रकोप, विपद् र जलवायु परिवर्तनको प्रभावबाट प्रभाववित भएका व्यक्रिहरूका लागि स्थिरता र समृद्धि कायम गर्ने कार्य गर्दछ । विश्व खाद्य कार्यक्रम सन् १९६१ देखि क्रियाशील छ । नेपाल सरकारलाई सन् २०१३ देखि देशभर आपतकालीन तयारी तथा प्रतिकार्य क्षमताहरू बलियो बनाउन मानवीय सहायता स्थलहरूको राष्ट्रिय सञ्जाल निर्माण गर्न सहयोग गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.