सुचना, समाचार र मनोरन्जन

सशस्त्र प्रहरीको फ्युल तथा चार्जिङ स्टेसन चौविसै घण्टा खुल्ला

पोखरा /

पोखरामा सशस्त्र प्रहरीको पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुन थालेको छ । मालेपाटनमा रहेको सशस्त्र प्रहरी बलद्वारा संचालित “कालिका फ्युल तथा चार्जिङ स्टेसन” चैत्र ७ गते देखि चौविसै घण्टा संचालनमा आएको हो ।

पर्यटन राजधानी घोषणा भएको पोखरा लगायत आसपासका सेवाग्राहीहरुलाई थप सुविधा उपलब्ध गराउनुका साथै रात्रिकालीन व्यवसायलाई समेत थप टेवा पुर्याउने उदेश्यका साथ फ्युल तथा चार्जिङ स्टेसन संचालनमा आएको छ ।

सशस्त्र प्रहरी बलको कल्याणकारी सेवा केन्द्र हलचोक काठमाडौद्वारा संचालित उक्त फ्युल स्टेसनको शान्ति सुरक्षाको जिम्मा कालिका गणको रहेको सशस्त्र प्रहरी बल कालिकाका गणपति एसपी अरुण पौडेलले जानकारी दिए ।

अन्य फ्युल स्टेसनका तुलनामा प्रति लिटर फ्युलमा पच्चीस पैसा कम मुल्य रहेको समेत गणपति एसपी पौडेलले जानकारी गराए ।

यस्तै पोखराका मेयर धनराज आचार्यले सशस्त्रको पेट्रोल पम्प २४ सै घन्टा खुला हुन थालेको जानकारी आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘अब मुख्य पर्यटकीयस्थलसहित अन्य अत्यावश्यक वस्तु र सेवा पनि क्रमशः २४ घण्टा नै खुला हुँदै जानेछन् ।’

Leave A Reply

Your email address will not be published.