सुचना, समाचार र मनोरन्जन

खुशीका रंगहरु छर्दै मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा /

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा {होली पर्व}को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्।

आइतबार एक शुभकामना सन्देशमार्फत् उनले नेपालीहरुको महान पर्व फागु पूर्णिमा {होली पर्व} को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

उहाँले भन्नुभएको छ – ‘खुशीको रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस् भन्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’

नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा {होलीपर्व} मनाइने गरिन्छ ।

सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाएर फागु पूर्णिमा {होलीपर्व} मनाउँदै हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वासका साथ यस पर्व धुमधामका साथ मनाइने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.