सुचना, समाचार र मनोरन्जन
Sarangi

माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने

काठमाडौं /

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ {क} मा उम्मेदवारी दिने निर्णय गरेको हो।

योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदार भने नहुने निश्चित भएको छ।

अहिलेसम्म एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा-१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ।

वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट उम्मेदवारका लागि माओवादी जिल्ला समितिले केन्द्रीय सदस्य धिरेन्द्र शर्मासहित उर्मिला तामाङ, अनिल बराइली, ओम गुरुङको नाम सिफारिस गरेको छ ।

Leave A Reply

Your email address will not be published.