सुचना, समाचार र मनोरन्जन

‘लडाईं जारी रहेका बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ?’

काठमाडौं /

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ति जनाएका हुन्। मानवतस्करहरुलाई अनुकुल हुने गरि श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उनले आरोप लगाए।

उनले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समुदायसँग आग्रह गर्न सुझाव दिए। रुसी सेनामा रहेका नेपालीको संख्यामा बारेमा पनि सरकार वेखबर रहेको उनले बताए। उनले मृत्यु भएका नेपालीहरुका आफन्तको डिएनए परिक्षण गर्ने नाममा थप पिडा दिने काम भएको समेत बताए।

पौडेलले नागरिकहरु पिडामा हुँदा परराष्ट्रमन्त्री देशमा नवस्ने र रुसमा रहेका नेपालीका बिषयमा वेखबर हुन नमिल्ने भन्दै सरकारको ध्यान जान जरुरी रहेको बताए।

Leave A Reply

Your email address will not be published.