सुचना, समाचार र मनोरन्जन

पोखरा दर्पणद्वारा तीन सरकारी बिद्यालयमा स्कुल ईमर्जेन्सी रूम स्थापना

पोखरा दर्पणद्वारा भद्रकाली माविमा स्वास्थ्य कक्ष स्थापना

पोखरा /

पोखरा १३मा अवस्थित भद्रकाली माध्यमिक बिद्यालयमा लायन्स क्लब अफ पोखरा दर्पणले स्वास्थ्य कक्ष स्थापना गरेको छ ।

क्लबको बार्षिक योजना अनुसार सरकारी तथा सामुदायिक बिद्यालयहरुमा स्कुल ईमर्जेन्सी रूम प्रोजेक्ट को नामबाट स्कुल प्राङ्गणमा नै विद्यार्थीहरुको प्राथमिक उपचारको लागी ब्यवस्थित स्वास्थ्य कक्ष स्थापनाको अभियान थालनी गरेकोमा यस अगावै फाल्गुण महिनामा पोखरा १२ मा रहेको शितलादेवी सामुदायिक माध्यमिक बिद्यालय र पोखरा २७ मा रहेको लक्ष्मी आदर्श माध्यमिक बिद्यालयमा समेत स्कुल ईमर्जेन्सी रूम स्थापना गरिसकेको क्लबका अध्यक्ष ई. किरण केसीले बताए ।

२०८०, चैत्र १६ गते भद्रकाली माविमा स्वास्थ्य कक्षको संयुक्त रुपमा समुद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा १२का वडा अध्यक्ष किरण बरालले सो कार्यको प्रशंसा गर्दै वडालाई पनि सहयोग मिलेको बताउदै तत्काल वडा मार्फत नर्सको ब्यवस्थापनको प्रकृया अघि बढाउने प्रतिबद्धता ब्यक्त गरेकाअ थिए भने कार्यक्रमका बिशेष अतिथि लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका डिस्ट्रिक्ट गभर्नर परमेश्वर बरालले समाजका आवश्यकतामा लायन्स क्लबहरुले सकृय भूमिका निर्वाह गर्दै हरेक क्षेत्रमा योगदाग पुर्याइरहेकोमा दर्पणले विद्यार्थीहरुको प्राथमिक स्वास्थ्य उपचारको लागि अघि सारेको यस किसिमको अभियानबाट समग्र डिस्ट्रिक्टले नै गर्व गरेको बताए ।

बिद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले स्वागत मन्तब्य राख्दै यस अभियानले बिद्यालय प्राङ्गण भित्र नै हाल अध्ययनरत १९०० भन्दा बढी विद्यार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने जानकारी गराए । कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोक बहादुर कार्की, क्यम्पस ब्यवस्थापन समितिका अध्यक्ष माधव प्रसाद सिग्देल, कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तिर्था बहादुर बस्नेत, राइट फर चिल्ड्रेनका अफिसर बिष्णु अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

तीन ओटै बिद्यालयहरुका लागि क्लबको सकृयतमा नेपाल लायन्स फाउन्डेसन ३२५ एल, राइट फर चिल्ड्रेन र अध्यक्ष के।सी।ले नेतृत्व गरेको साथी समुह {अमित ढुङाना, बिमल बराल, सन्तोष अधिकारी, सचिन सापकोटा, राजिब अधिकारी र रितेश द्वा}ले सहकार्य गरेको र प्रारम्भिक अध्ययनको क्रममा ला ग्राण्डी ईन्टरनेशनल कलेज र अस्ट्रेलियाको युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाका विद्यार्थीहरु समेत संलग्न रहेको क्लबका सचिव अग्निधर तिमील्सिनले जानकारी दिए ।

यस अभियान मार्फत क्लबले सबै बिद्यालयहरुमा स्वास्थ्य कक्षका लागि आवश्यक प्राथमिक उपचारका औषधी, मेडिकल सामाग्री यवम फर्निचर लगायतका भौतिक ब्यवस्थापनका सामाग्रीहरु हस्तान्तरण गरी ४१०० भन्दा बढी विद्यार्थीहरुलाई लाभान्वित गराएको छ ।

Leave A Reply

Your email address will not be published.