काठमाडौं /
पहिलो अनअफिसियल एकदिवसीयमा नेपाल ए आयरल्याण्ड एसँग २१ रनले पराजित भएको छ । आयरल्याण्ड एले दिएको १५८ रनको सामान्य लक्ष्य पच्छ्याएको नेपाल २५.३ ओभरमा १३६ रनको स्कोरमा अलआउट भएको हो ।
नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर अहमदले २०, देव खनालले २६ तथा रिजन ढकालले १२ रन बनाएका थिए । त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर माथ्युज हम्प्रेयजले ५ तथा लियाम म्याक्राथीले ४ विकेट लिएका थिए ।
यस अघि आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्दै १५७ रन मात्र बनाएको थियो । आयरल्याण्ड वोल्भ्सले ३८-३ ओभरमा अलआउट हुदै १५७ रन बनाएको थियो ।
आयरल्याण्ड वोल्भ्सका लागि काड कारमाइकलले सर्बाधिक ५१ रन बनाए भने कप्तान निल रकले ३९, पिटर मूरले २१ रन बनाए ।
त्यसैगरी नेपाली बलर कमल सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने शहाब आलम र मौसम ढकालले २-२ विकेट लिएका थिए । त्यसति रिजन ढकालले एक विकेट लिएका थिए ।
यो जितसँगै आयरल्याण्ड वोल्भ्सले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।