सुचना, समाचार र मनोरन्जन
Sarangi

सरकारले भ्रष्टाचारविरोधी अभियान रोकिदैन: दाहाल

काठमाडौँ/

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचार र सुशासनको अभियान नरोक्ने बताएका छन्।

बुधबारदेखि राजधानीको प्रज्ञा भवनमा सुरु नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रचण्डले भ्रष्टाचार सम्बद्ध सरकारका काम रोक्ने प्रयास भइरहेको पनि बताएका छन्।

उनले गठबन्धनभित्र विश्वासको वातावरण नबने पनि सरकारले राम्रो काम गर्दै गइरहेको दाबी पनि गरे। उनले सरकार नै छाड्नुपरे पनि भ्रष्टाचार र सुशासनको अभियान नरोकिने बताएका छन्।

Leave A Reply

Your email address will not be published.