सुचना, समाचार र मनोरन्जन
Sarangi

रामवजारमा उद्घोषण तालिम सम्पन्न

पोखरा /

नेपाल मगर महिला संघ रामवजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा नेपाल मगर संघ रामवजार इकाई समितिको भवन रामवजार १५ पोखरामा पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामवजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णवहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले निर्धक्क भाषण र कार्यक्रम सञ्चालन गर्न सक्षम भएकोमा खुशी व्यक्त गरे ।

विशेष अतिथी संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या।वेन वहादुर आले मगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक उर्जा भरी अगाडी बढाउन सफल भएको बताए । त्यस्तै नेपाल मगर युवा संघ रामवजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औल्याए ।

कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष क्या। अमर राना मगर ,सचिव रेनु थापा मगर ,मगर युवा संघ रामवजार इकाईका निवर्तमान अध्यक्ष ओम विकट्टा मगर ,मगर महिला संघ रामवजारकी पुर्व अध्यक्ष दान कुमारी थापा लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रशिक्षाथीहरु सु।भीम वहादुर थापा मगर ,कल्पना थापा मगर ,सु. महेश कुमार थापा मगर लगायतकाले सञ्चालन गरेका थिए भने प्रशिक्षार्थीहरुले प्रमाणपत्र ग्रहण गर्दै सिकाइका अनुभव सुनाएका थिए ।

उपाध्यक्ष विष्णु थापा मगरले स्वागत मन्तव्य राखेको समापन कार्यक्रम आयोजक संस्थाका अध्यक्ष लक्ष्मी थापा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कुल ४५ जना सहभागी तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.