पोखरा/
श्री कृष्ण प्रणामी मन्दिर रत्नचोकमा श्रीमद् वितक तथा कृष्ण कथा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गदै पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सोचको विकास हुनेमा जोड दिए। कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले वडा सँग जोडिएको मन्दिरको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताए ।
श्री कृष्ण प्रणामी मन्दिर रत्नचोकका अध्यक्ष पुरुषोत्तम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुश्करेश्वर शिव मन्दिर मासबारका अध्यक्ष पिताम्बर बराल, नेपाली काग्रेस वडा नम्वर ७ का सभापति नविनराज बराल, श्री कृष्णा प्रणामी जिल्ला अध्यक्ष लिलाम्बर सापकोटा लगायतले बोलेका थिए । प्रमुख वाचिका साधवी पुजन शिखा माताले श्रीमद् वितकको महत्वको बारेमा बताए ।
एक महिनासम्म चल्ने वितक कथाको प्रमुख बाचिका साधवी पुजन शिखा माता रहनुभएको छ । कार्यक्रममा स्वागत मनतव्य उपाध्यक्ष मोहन प्रसाद ढकाल र सञ्चालन सचिव देवी प्रसाद खतिवडाले गरेका थिए । यस अघि विहान कलशयात्रा समेत भएको थियो । कलशयात्रामा वडा नम्वर ७ र ८ का विभिन्न आमा समुह तथा सामाजिक संघसस्थाहरुको उपस्थिती रहेको थियो ।